जेठ ०७, २०८१, सोमबार
               

राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार सुरु

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार सुरु भएको छ । 

वार्षिक प्रतिवेदन र वित्तीय विवरण पेस नगरेको भन्दै रोक्क गरिएको कम्पनीको सेयर सोमबार फुकुवासँगै कारोबारमा आएको हो।

नेप्सले धितोपत्र सूचीकरण विनियमावलीअनुसार वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पेस नगरेको भन्दै स्पष्टीकरण माग गरी माघ १८ गतेदेखि कारोबार रोक्का गरेको थियो। कम्पनीले माघ २८ गते वित्तीय विवरण पठाउन केही ढिलो भएको र आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षण सम्पन्न गर्न करिब दुई महिना लाग्ने नेप्सेलाई जानकारी गराएको थियो।

कम्पनीले फेरी फागुन १९ गते नेप्सेलाई पत्र पठाउदै आर्थिक वर्ष २०७५/७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य त्रैमासिक तथा अर्ध वार्षिक वित्तीय विवरणहरु नेप्सेमा पठाउने प्रतिबद्धता जनाएपछि दोस्रो बजारमा कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि