जेठ ०७, २०८१, सोमबार
               

कुमारी इक्विटीमा मागभन्दा बढी आवेदन

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी इक्विटी फन्डमा माग गरे भन्दा बढी आवेदन प्राप्त भएको छ ।

कुमारी इक्विटी फन्डको प्रति इकाई १० का दरले आठ करोड इकाईहरूको विक्री गरिएको थियो । फागुन १४ देखि सुरु भएको बिक्री २५ गते सकिएको थियो ।

आवेदकहरूबाट मागेभन्दा ३५ प्रतिशत आवेदन बढी परेको छ । कुमारी इक्विटी फन्डमा बढी आवेदन परेकोमा प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले खुसी व्यक्त गरेका छन् । उनले आफूहरूप्रति विश्वास गरेको भन्दै लगानीकर्ताहरूमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

कोष प्रवर्द्धक एवं योजना व्यवस्थापकबाट आगामी दिन निरन्तर सहयोग र सद्भावको अपेक्षा उनले गरेका छन् ।

उनले नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नियमनकारी निकायहरू, लगानीकर्ता आवेदकहरू, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थालगायतमा आभार व्यक्त गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि