जेठ ०७, २०८१, सोमबार
               

विभिन्न कार्यक्रम गरी सेञ्चुरी बैंकले मनायो आफ्नो दशौँ वार्षिकोत्सव

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले दशौँ वार्षिकोत्सव मनाएको छ ।  बुधबार बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो दशौँ वार्षिकोत्व मनाएको हो । 

बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्षअघि ‘सरल बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको बताए । वार्षिकोत्वको अवसरमा बैंकले दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा योगदान दिने ५४ जना कर्मचारीलाई सम्मान गरेको थियो । 

सोही अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिकरुपमा उद्घाटन गरे ।  आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटिएममार्फत् वित्तीय सेवा प्रवाह भइरहेको बताए । 

बैंकको चुक्तापुँजी नौ अर्ब ३ करोड छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्नसक्षम भएको छ । 

यसैबीच बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । 
त्यसैगरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ ।

चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्री निम्न माध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखा मार्फत पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ । 

यस्तै टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाई तथा रङरोगन कार्य सम्पन्न गरेको पनि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो पनि