जेठ ०७, २०८१, सोमबार
               

६०० रुपैयाँ घट्याे सुनकाे मूल्य

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमवार प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेकाे हाे ।

घटेसँगै आजकाे सुनकाे भाउ ८५ हजार ६०० मा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १५० मा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि