जेठ ०७, २०८१, सोमबार
               

तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

स्थानीय बजारमा आज सुनको मूल्य आज उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा  ५०० ले वृद्धि भएको छ ।

 मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ५०० ले नै उकालो लागेको छ । तोलामा ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ ।


कस्तो लाग्यो ?

यो पनि