जेठ ०४, २०८१, शुक्रबार
               

ज्योति लाइफको आईपीओ आजबाट खुल्यो

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री शुक्रबार (आज) बाट गरेकाे छ । 

यस अघि कम्पनीले फागुन २३ गते आइतबारबाट आईपीओ निष्कासको मिति तोकेको थियो । तर मेरो सेयरमा पर्न सक्ने चापले मिति परिवर्तन गरेर आजबाट आईपीओ बिक्री खुला गरेकाे कम्पनिले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैंयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेकाे हाे ।जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र त्यति नै कित्ता कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि