जेठ ०७, २०८१, सोमबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

सुन मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० ले घटेको छ ।  

स्थानीय बजारमा आज छापावाला सुन ९०० ले घटेर तोलामा ८५ हजार ६००  मूल्य निर्धारण भएको छ । छापावाला सुन  बिहीबार तोलामा ८६ हजार ५०० मा कारोवार भएको थियो । 

यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० मा कारोवार भएको थियो ।  यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । तोलामा एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि