जेठ ०७, २०८१, सोमबार
               

नेपाल बैंकले दियो २०० जनालाई रोजगारको अवसर

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बैंक लिमिटेडले करिब २०० जनालाई रोजगारको अवसर दिएको छ । उक्त बैंकले आज अनलाइन दरखास्त फारम भर्नेसम्बन्धी समेत सूचना प्रकाशित गरेर रोजगारको अवसर खुलाएको जनाएको छ ।

लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदहरुमा खुल्ला प्रतियोगिताबाट पदपूर्तिको लागि आवेदन मागिएको सो बैंकले जनाएको हो । उक्त दरखास्त आजदेसि चैत १२ गतेसम्म अनलाइन माध्यमबाट भर्न सकिने बैंकको भनाइ छ ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरुअन्तर्गत सहायकका लागि दरखास्त मागेको छ । जागीर गर्न चाहनेहरुले   फारम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np बाट भर्न सकिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि