जेठ ०७, २०८१, सोमबार
               

बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकको शाखा थप

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

सेञ्चुरी कमर्सियल बैंकले मंगलबार काठमाडौंका दुई स्थानमा नयाँ शाखा उद्घाटन गरेकाे छ । बैंकले बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बालाजु र गौरीघाटका नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या १२२ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेन्सन काउण्टरहरू सञ्चालनमा ल्याइरहेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि