बैशाख १३, २०८१, बिहीबार
               

भागरथी भट्टको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो । 

गत माघ २१ गते बिहान विद्यालय गएकी भागरथीको  बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो ।

उक्त  समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाको आँशु पुछौँ’ अभियान सुरु गरेको थियो । उक्त अभियानमा कोरियामा रहेका १६९ जना सहयोगीहले स्वःस्फूर्तरूपमा सहयोग गरेका थिए ।

अभियानबाट कूल २७ लाख ३८ हजार ३९१ कोरियन वन रकम संकलित भएको र सोही रकम भट्टको परिवारलाई हस्तान्तरण गरिएको सुदूरपश्चिम समाज कोरियाले जनाएको छ । भट्टको हत्यारा भनिएका एक किशोरलाई यसअघि नै प्रहरी सार्वजनिक गरिसकेको छ ।

यो पनि