जेठ ०४, २०८१, शुक्रबार
               

महिला लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । 

४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले शेयर निष्काशन गरेको थियो । 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारी गरेको थियो । 

संस्थाको कुल ४ लाख कित्ता शेयरमा १५ लाख १९ हजार १ सय २८ जनाको आवेदन परेको छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजारभन्दा बढि आवेदकहरूको हात खाली हुने छ 


कस्तो लाग्यो ?

यो पनि