जेठ ०७, २०८१, सोमबार
               

कुमारी इक्विटी फन्ड शुक्रबारबाट खुला हुने

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

कुमारी इक्विटी फन्ड (म्युचुअल फन्ड) को ८ करोड इकाई शुक्रबार (फागुन १४ गते) देखि बिक्री खुला हुने भएको छ ।

कुल इकाइमध्ये १ करोड २० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ । बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । 

कुमारी इक्विटी फन्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि