जेठ ०७, २०८१, सोमबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य घटेको छ ।  हिजो प्रतितोला ३०० घटेकाे सुनकाे मूल्य आज ५०० रुपैयाँ घटेकाे हाे । 

बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सयले घटेर प्रतितोला ८९ हजार ३ सय कायम भएकाे सुनचाँदी व्यवशायी  महासंघले जनाएको छ ।

सुनचाँदी व्यवशायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँमा कायम भएकाे छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १ हजार ३४५ रुपैयाँमा कारोबार भएको  थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि