जेठ ०७, २०८१, सोमबार
               

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० ले ओरालो लागेको छ । तोलामा नै एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार ६५० मा कारोवार भएको थियो ।

यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० मा मङ्गलबार कारोवार  भएको चाँदी आज भनेएक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

यो पनि