जेठ ०७, २०८१, सोमबार
               

सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सिभिल बैंक लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको सो सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको चुक्तापुँजीको ८ प्रतिशत कर प्रयोजनका लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्न सभाले स्वीकृत दिएको छ ।

साथै सभाले कम्पनी र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिन गर्ने स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत नियम, कानुनअनुसार कम्पनीको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि