बैशाख २६, २०८१, बुधबार
               

नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड भएको छ । 

यस कोषले पुस २८ गतेदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त शेयर बाँडफाँड गरिएको हो ।

चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबरको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने १२ लाख ६ सय ६० जना शेयरधनीहरूलाई कम्पनीको हकप्रद निष्काशनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन ६ गते बाँडफाँड गरिएको कोषले जनाएको छ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि