बैशाख १७, २०८१, सोमबार
               

ताप्लेजुङको मिक्वाखोलामा बैंक नहुँदा सदरमुकाम धाउन बाध्य

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सेञ्चुरी बैंकले  शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन् । नेपाल बैंकले सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको थियो । तर, अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन । गाउँपालिकामा आर्थिक कारोवार नहुूँदा ताप्लेजुङ सदरमुकाम जानु परेकोे मिक्मवाखोलाका लेखा अधिकत प्रशान्त भट्टराइले जानकारी दिए । 

उनले भने, “गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ ।  तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।” सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाईसमेत समस्या परेको छ । केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने निर्देशन दिएको छ ।  गाउँपालिकामा बैंकले नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक कारोवारमा समस्या हुर्दै आएको उनले जानकारी दिए । 

उनले भने, “हामीले धेरै पटक सञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गर्‍याें ।  विभिन्न बाहाना गर्दै आएको छ  ।” बैंक शाखा स्थापन नगरेपछि एउटा योजनाको लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म आउनुपर्ने हुन्छ । गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ । सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्किइ गाउँपालिकाको कार्यालयमा पग्नुपर्दछ ।

योजना सम्पन हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ । मिक्वाखोलादेखि सदरमुकाम पुग्न ५०० रुपैयाँ गाडी भाडा लाग्छ । पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका र्फकन गरी पाँच हजार गाडी भाडा मात्र तिर्नुपर्दछ । गाउँपालिकामा बैंक भए एक दिन पनि नलाग्ने समय बैंक नहुँदा एउटा योजना सम्पन्न हुँदा दश दिन समय खर्च गर्नुपरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाई भएको  गाउँपालिकापालिका–२ का वडाध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए-“हाम्रो कार्यपालिकाको पर्सी बैंठक छ । बैंठकले एक किसिमको आन्दोलन गर्ने प्रस्तावमा छौं ।” समयमै शाखा  स्थापना नगरेकाले  स्थानीय समुदायलाई  स्थानीय सरकारको अनुभूति पाउन नसकेको वडाध्यक्ष थापाले बताउनुभयो । 

बैंकका लागि आश्यक उपकरण गाउँपालिका केन्द्रमा पुर्‍याइसकेको र इन्टरनेट जोड्न मात्र बाँकी रहेको सेन्चुरी बैंकका काठमाडौँका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए-“नेपाल बैंकले परिपत्र गरेको निकै अगाडि नै हो ।  विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापन गर्न नसक्नु हाम्रो कमजोरी रह्यो ।” 


कस्तो लाग्यो ?

यो पनि