बैशाख २७, २०८१, बिहीबार
               

लगातार ओरालो लाग्दै सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (शुक्रवार) पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा शुक्रवार सुनको भाउ १ हजारले ओरालो लागेको हो ।

आज छापावाला सुन प्रतितोला ८८ हजार २०० मा कारोबार भएको छ । हिजो (बिहीवार) छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २०० मा कारोबार भएको थियो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीवार प्रतितोला १,३३५ मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ३०५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदीकाे मूल्य ३० ले घटेको हो ।


कस्तो लाग्यो ?

यो पनि