बैशाख २७, २०८१, बिहीबार
               

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (शुक्रवार) नेपाल स्टक एक्सचेञ्जले दुई ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १,३६४ तोकेको छ । कम्पनीको बिहीवार शेयरमूल्य १ हजार ४४३ मा अन्तिम कारोबार भएको थियो । 

यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने तयारी गरेको हो ।

नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २,५०५ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य २,७५५ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

यो पनि