बैशाख २७, २०८१, बिहीबार
               

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट भएको हो । 

ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो । 

जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । 
 
२ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । 

जसमा २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएकोमा ३ हजार ९१२ जनाको आवेदन रद्द भएको छ । १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । 
 
ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । 

ग्रीनलाइफले ४० मेगावाट जडित क्षमताको ‘खानीखोला १ जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरेको हो ।


 

यो पनि