बैशाख २७, २०८१, बिहीबार
               

रू रू जलविद्युतद्धारा आजदेखि आईपीओ निष्काशन

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आज (शुक्रबार) बाट आईपीओ निष्कासन गरेको छ । 

यस कम्पनीले १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ६ र ७ का स्थानीयहरूका लागि आईपिओ निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन बन्द फागुन २१ गते हुन्छ । आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ । 

गुल्मी जिल्लाको चद्रकोट गाउँपालिका वडा ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त वि.सं.२०७० चैत ९ गते पाएको हो । यस परियोजनाले वि.सं. २०७१ चैत ९ गतेदेखि ५ मेघावाट विद्युत व्यवसायिक उत्पादन सुरु गरेको हो । यो अयोजनाको प्रतिमेगावाट लागत १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ ।

आयोजनाले आर्थिक वर्ष २०७७/७८ को आश्विन मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको अवस्था रहेको छ । त्यस्तै कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ । 

शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि