जेठ ०७, २०८१, सोमबार
               

ग्लोबल आइएमई बैंकले अर्ब रुपैयाँ बराबरको जग्गा विक्री गर्ने

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । गोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको जग्गा विक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।

यस बैंकले काठमाडैँको पानीपोखरी र अनामनगरको १ अर्ब रुपैयाँ मूल्य बरारबरको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

यस बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको ३ रोपनी र  काठमाडौ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको  २ रोपनी, ६ आना बराबरको जग्गा बिक्री गर्न लागेको हो  ।

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्री गर्न लागेको हो । इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो पनि