काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रूपन्देहीको मार्चवारी गाउँपालिका बगौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
मार्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार जैसवालले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेकी हुन् । यस सेवाबाट बगौलीलगायत आसपासका बासिन्दाले आधुनिक बैंकिङ सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले हाल १२० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।