जेठ ०७, २०८१, सोमबार
               

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (बिहिबार) अन्तिम दिन रहेको छ । 

यस बैंकले माघ २२ गतेबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्री गरिरहेको हो । जुन बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकको डिबेन्चर २०८७’ ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड  रहेको छ । 

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि