बैशाख २३, २०८१, आइतबार
               

सुनचाँदीका कालिगडका लागि शुभगुरु फाउन्डेसनको घोषणा

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । संखुवासभामा जन्मिएर काठमाडौंमा आएर व्यवसाय सञ्चालन गर्दै आएका सूर्यकुमार बराल तथा राधा गुरुङले शुभगुरु फाउन्डेसन स्थापना गरेका छन् । 

सुनचाँदी व्यवसायमा संलग्न सम्पत्तिले त्यसै क्षेत्रका काम गर्ने कालिगडहरूको सीप र व्यावसायिक विकासका लागि फाउन्डेसन बनाएका हुन् । फाउन्डेसनको स्थापना सूर्यकुमार र राधाको विवाहको २५औँ वर्षगाँठको अवसरमा गरिएको हो ।

केही दिनअघि काठमाडौंमा एक समारोहबीच फाउन्डेसन स्थापना गरिएको हो । फाउन्डेसनको अक्षय कोष १० लाख २५ हजार रुपैयाँ रहेको छ ।

घोषणा कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगडको सीप विकास एवं व्यावसायिक सम्मान गर्नमा फाउन्डेसन स्थापना गौरव र महत्त्वको विषय भएको जनाए । उनले नेपाली कालिगडले विश्वस्तको गरगहना बनाउने सीप क्षमता राख्ने जनाउँदै फाउन्डेसनको स्थापनाले क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

समाजसेवी तथा फाउन्डेसनका संयोजक सूर्य बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगड र व्यवसायीको सीप र कलाको सम्मानका लागि फाउन्डेसन बनाएको बताए । उनले सुनचाँदी व्यवसाय क्षेत्रमा बृहत्तर विकास, संवर्द्धन र संरक्षण गर्ने फाउन्डेसनको उद्देश्य रहको जानकारी गराए ।


कस्तो लाग्यो ?

यो पनि