जेठ ०७, २०८१, सोमबार
               

नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा चैत्र ५ गते

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ५ गते क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजे वार्षिक साधारणसभा गर्ने भएको छ । 

संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो  । सभामा संस्थाको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभाका मुख्या एजेन्डामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छन् ।

साथै, संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो पनि