जेठ ०७, २०८१, सोमबार
               

महिला लघुवित्तको शेयर भर्ने आज अन्तिम मौका

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ । 

माघ ३० गतेदेखि कम्पनीले जारी गरेको ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयरमा आज बैंकिङ्ग समयभित्र आवेदन दिन सकिने छ । 

निष्कासित कुल शेयरमध्ये जारी पूँजीको ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने सर्वसाधारणका लागि २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हालसम्म १४ लाखभन्दा बढी आवेदकले आवेदन दिसकेका छन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

यो पनि