जेठ ०७, २०८१, सोमबार
               

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । मञ्जुश्री फाइनान्सको माघ १८ गतेदेखि २३ गतेसम्म निष्कासित ऋणपत्र बाँडफाँड भएको छ । 

यस कम्पनीले फागुन ३ गते सोमवार उक्त ऋणपत्र बाँडफाँड गरेको हो । फाइनान्सले १००० दरका ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्रको अवधि ८ वर्षको रहेको छ, ९.५ प्रतिशत व्याज ६/६ महिनामा प्रदान गरिने फाइनान्सले जनाएको छ ।

यस फाइनान्सले ५० करोडको ऋणपत्रमध्ये ३ लाख कित्ता, जसमा ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रकृयाबाट बिक्री गरेको छ ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि