जेठ ०७, २०८१, सोमबार
               

सहारा विकास बैंकको खुद नाफा ३१ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्ष यस बैंकले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गर्ने थियो । गत आर्थिक बर्षको तुलनामा बैंकको नाफा ३१.३० प्रतिशतले बढेको हो । 

बैंकको खुद ब्याज आम्दानी पनि ३१.६५ प्रतिशतले बढेर ३ करोड १८ लाख रुपैयाँ पुर्‍याएको छ । गत वर्ष  २ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको सहाराले ८१ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा रहेको सहाराको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ । हाल यस बैंकको चुक्ता पूँजी १६ करोड ३३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ७ करोड ५४ लाख रुपैयाँ छ ।


कस्तो लाग्यो ?

यो पनि