जेठ ०७, २०८१, सोमबार
               

सातामै २ पटक बढ्यो पेट्राेलियम पदार्थको मूल्य

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

नेापल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो ।  

यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।  मूल्य बढेपछि पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको खुद्रा बिक्री मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि