जेठ ०४, २०८१, शुक्रबार
               

कुमारी बैंकले ठमेल पर्यटन व्यवसाय पुनर्जीवनका लागि कर्जा सेवा उपलब्ध गराउने

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीको कारोबार पुनर्जागरणका लागि ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ ।

सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीलाई उक्त कर्जा सुविधा प्रदान गरिने उल्लेख छ । 

यसरी प्रदान गरिने अधिविकर्ष तथा चालू पुँजी कर्जालगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रहनेछ ।

उक्त कर्जा व्यवसायको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने बैंकले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि