जेठ ०७, २०८१, सोमबार
               

समृद्धि फाइनान्स र बिओके क्यापिटलबीच सम्झौता

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा समृद्धि फाइनान्स र बिओके क्यापिटल मार्केटले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने उल्लेख छ । 

कम्पनीको सम्पन्न गरेको साधारणसभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिशेयर १००का दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

उक्त कार्यका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।

यो पनि