जेठ ०७, २०८१, सोमबार
               

रिलायन्स फाइनान्सको नाफा ८७ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण अनुसार ८७ प्रतिशतले घटेको छ । 

यस कम्पनीले गत आवको दोस्रो त्रैमासमा ६ करोड २२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर ७७ लाख २८ हजारमा सीमित भएको हो ।  

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा कमी आएसँगै नाफा घटेको हो । 

कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको देखिन्छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १.६६ प्रतिशत रहेकोमा चालू आवको दोस्रो त्रैमासमा बढेर ४.७९ प्रतिशत पुगेको छ । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा ३ करोड ७५ लाख रहेको छ । 

हाल यस कम्पनीको चुक्तापूँजी ८३ करोड २४ लाख रहेको कम्पनीले जगेडा कोषमा १८ करोड ७९ लाख, रिटेन्ड अर्निङमा १५ करोड ३९ लाख र शेयर प्रिमियममा ११ लाख ४१ हजार सञ्चित गरेको छ । 

प्रतिशेयर आम्दानी १.८६, मूल्य आम्दानी अनुपात १०५.०२, तरलता अनुपात २८.९३ र प्रतिशेयर नेटवर्थ १४१.२२ पुगेको हो ।

यो पनि