जेठ ०७, २०८१, सोमबार
               

मितेरी डेभलपमन्ट बैंकको बोनस शेयरधनीहरूको डिम्याट खातामा

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । मितेरी डेभलपमन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

यस कम्पनीको पुस २७ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

पुस १३ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त समयपश्चात् शेयर अभौतिकीकरण गराउने शेयरधनीहरूको हकमा डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिदिने गरेको छ । 

हालसम्म शेयर डिम्याट नगरेका शेयरधनीहरूले शेयर रजिष्ट्रार प्रभु क्यापिटल वा अन्य कुनै निक्षेप सदस्यहरूमार्फत डिम्याट खाता खोली शेयर डिम्याट गरी बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिनेछ । 

पुस १३ गतेसम्म धितोपत्र दर्ता गरी कर्जा लिएका शेयरधनीहरूको हकमा शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई निजको बोनस शेयर रोक्का भए नभएको यकिन गर्न र रोक्का नरहेको खण्डमा रोक्का समेत गर्न अनुरोध गरिएको छ । 

यो पनि