जेठ ०७, २०८१, सोमबार
               

बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैँयाले बढेको हो । 

हिजो (सोमबार) प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९० हजार ९०० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । 

आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । हिजो एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि