जेठ ०७, २०८१, सोमबार
               

महिला लघुवित्तको शेयर भर्ने म्याद भोलिसम्म

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने म्याद भोलिसम्म रहेकाे छ । यस कम्पननीले माघ ३० गते शुक्रवारदेखि आईपीओ विक्री खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कुल कित्तामध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

उक्त आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार सोमबार साँझ ५ बजेसम्म १२ लाख १ हजार ८९० जनाबाट १ करोड ८५ लाख ३५ हजार १०० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ४९.४२ गुणा बढी हुन आउँछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 

*सम्पादन गरिएकाे - यसअघि भोलिसम्म आइपीओ भर्ने म्याद हुनुपर्नेमा अन्यथा भएकाे हुँदा सच्याएकाे ।

यो पनि