जेठ ०७, २०८१, सोमबार
               

निर्धन उत्थान लघुवित्तको साधारणसभा फागुन २५ गते

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २५ गते २२ औं वार्षिक साधारणसभा गर्ने भएको छ । 

यस कम्पनीको माघ २७ गतेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्न उक्त दिन सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने छन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रहेको छ ।

यो पनि