जेठ ०७, २०८१, सोमबार
               

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । 

बैंकले लगानीकर्तालाई माघ १३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आजसम्म आवेदन दिन सक्नेछन् ।

यस बैंकले एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि पुस २९ गते, एकदिनका लागि शेयरधनी दर्ता पुस्तिका गरेको थियो । पुस २८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रदलाई इक्रा नेपालले इक्राएनपीआईआर सिङ्गल सी रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौं, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यो पनि