जेठ ०७, २०८१, सोमबार
               

किसान लघुवित्तको खुद नाफा ७३१.३२ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । किसान लघुवित्तको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा ३ करोड ७२ लाख १० हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा कम्पनीको खुद नाफा ७३१.३२ प्रतिशतले बढेको हो । गत वर्षको यस अवधिमा संस्थाले ४४ लाख ७६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी ३३९.१० प्रतिशतले बढेर १७ करोड १० लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ८९ लाख ६५ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ३ करोड ३२ लाख ६७ हजार रुपैयाँले बढेर ३ करोड ५७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।  

किसान लघुवित्तको खराब कर्जा ४.११ प्रतिशतले बढेर ७.५० प्रतिशत पुगेको छ । गत वर्ष खराब कर्जा ३.३९ प्रतिशत थियो । प्रतिशेयर आम्दानी वार्षिक ९ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा छ । हाल यस सस्थांको चुक्ता पुँजी ८७.७६ प्रतिशतले बढेर ३९ करोड २८ लाख ८ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष पनि ११७७।५२५ ले बढेर १० करोड ८० लाख ९१ हजार रुपैयाँ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि