जेठ ०७, २०८१, सोमबार
               

सेन्ट्रल फाइनान्सको लाभांश शेयरधनीको खातामा जम्मा

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको माघ २३ गतेको वार्षिक साधाराणसभाले पारित गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । 

यस कम्पनीले आज (सोमबार) बाट हितग्राही खातामा बैंक खाता अपडेट गरेका शेयरधनीहरूको बैंक खातामा ३ प्रतिशत नगद लाभांश जम्मा गरिदिने जनाएको हो ।  

त्यस्तै साधारणसभाबाट पारित भएको ७ प्रतिशत बोनस शेयरलाई सूचिकरण भए पश्चात सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

यसैगरी, आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकीकरण गराइसकेका तर हितग्राही खातामा बैंक खाता अपडेट नगराएका शेयरधनीहरूले आफ्नो हितग्राही खातामा बैंक खाता अपडेट गराउन आग्रह गरेको छ । 

माघ ११ गतेसम्म आफ्नो शेयरप्रमाण पत्र धितोमा राखी कर्जा सुविधा पयोग गरेका शेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट धितो राखेको शेयरको संख्यासमेत खुल्ने गरी नो अब्जेक्सन लेटर अथवा उल्लेखित मितिपछि कर्जा चुक्ता गरेका शेयरधनीहरूले नगद लाभांश स्वीकृति पत्र प्राप्त गरी एनएमबि क्यापिटलमा पेश गरेपश्चात् मात्र बैंक खातामा जम्मा गरिने छ । 

यो पनि