जेठ ०७, २०८१, सोमबार
               

सिंगटी हाइड्रो इनर्जी को आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानियहरूका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ ।

यस कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरू र क्षेत्रमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूको लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, अनुमति प्रदान गरेको थियो । उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

यो पनि