बैशाख २०, २०८१, बिहीबार
               

ऋण नतिर्नेलाई राष्ट्र बैंकको थप सहुलियत

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट्र बैंकले थप सहुलियत दिने भएको छ ।

ऋण नतिर्ने र कर्जाको पुनर्तालिकीकरण पनि नगरेका व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो ।

अब २०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने  राष्ट्र बैंकले जनाएको छ ।  

राष्ट्र बैंकले पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने मिति पुस मसान्तसम्म रहेकोमा त्यसलाई असार मसान्तसम्मको अवधि थप गरिदिएको हो ।

यसअघि २०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो ।  

राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।


कस्तो लाग्यो ?

यो पनि