जेठ ०६, २०८१, आइतबार
               

तीन वर्षमा वन क्षेत्रबाट १४ अर्ब  राजश्व संकलन

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री, प्रदूषण नियन्त्रण शुल्क, जरिवाना र निजी तथा सामुदायिक वनवाट बिक्री भएका वन पैदावारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर आदिबाट सङ्कलन गरेको हो । 

यसैगरी वर्तमान सरकार गठन भएयता तीन वर्षमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकाय जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल वन निगम र वन पैदावार विकास समितिद्वारा तीन अर्ब सात करोड ४७ लाख ५८ हजार आम्दानी भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको २०७४ साल फागुन ४ गतेदेखि हालसम्मको प्रगति विवरणअनुसार वन संरक्षण तथा व्यवस्थापनका कार्य, वातावरण संरक्षणका कार्यक्रम र सामुदायिक विकासका कार्यक्रमबाट तीन करोड छ लाख श्रमदिन रोजगारी सिर्जना भएको छ ।

यस अवधिमा देशैभरका २० संरक्षित क्षेत्रमा आठ लाख ८० हजार ३१० विदेशीसहित १५ लाख ८३ हजार ३४० पर्यटकले भ्रमण गरेका छन् भने सदर चिडियाखाना र राष्ट्रिय वनस्पति उद्यानमा ३४ लाख ६६ हजार ५२७ आगन्तुकहरूले भ्रमण गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि