जेठ ०७, २०८१, सोमबार
               

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १३ करोड ७४ लाख

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

गत वर्षको भन्दा ५६.३० प्रतिशतले घटेको हो । गत वर्ष यस कम्पनीले ३१ करोड ४४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको बीमा कोषको आकार २० प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसको बीमा कोषमा १ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमाससम्ममा १२ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष यस इन्सुरेन्सले १४ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३ करोड रुपैयाँ छ । 

प्रतिशेयर आम्दानी १०३ रुपैयाँ ८६ पैसा छ, भने प्रतिेशेयर नेटवर्थ १ हजार २३९ रुपैयाँ १ पैसा छ । हाल यस कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । 
 

यो पनि