जेठ ०७, २०८१, सोमबार
               

युनिक लघुवित्त वित्तीय संस्थाको नाफा १६ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा १६ प्रतिशतले घटेको छ ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले ४ करोड ७ लाख नाफा कमाएकोमा यस वर्ष सो अवधिमा नाफा घटेर ३ करोड ४१ लाखमा सिमित भएको हो । 

गत वर्षको यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा १.९२ प्रतिशत रहेको छ, यस अवधमिा बढेर १०.३२ प्रतिशत पुगेको छ ।  

दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ४७ लाख खराब कर्जा उठाउन सफल भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ५८ लाख ६३ हजार खराब कर्जा उठाएको थियो । 

दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा १६ प्रतिशतले वृद्धि भएको छ । 

हाल यस कम्पनीको चुक्तापूँजी ९ करोड ६८ लाख रहेको छ । भने जगेडा कोषमा १५ करोड २४ लाख सञ्चित गरेको छ । 
 

यो पनि