बैशाख २८, २०८१, शुक्रबार
               

नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेबाट बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।

बैंकले चार अर्ब रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।  बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले सात वर्ष अवधिका लागि ‘८.५ प्रतिशत, सात वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ऋणपत्र निष्काशन गर्न असोज ५ गते निवेदन पेस गरेकोमा बोर्डले बैंकलाई मंसिर १८ गते, ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

न्यूनतम २५ कित्तादेखि अधिकतम दुई लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड,नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यो पनि