बैशाख २८, २०८१, शुक्रबार
               

गरिमा विकास बैंकको १४.२१ प्रतिशत लाभाशं पारित

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । गरिमा विकास बैंकले १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । माघ ३०मा बसेको साधारणसभाले सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाबाट संस्थापक शेयरधनी समूहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा.आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूहतर्फबाट बिमल पाण्डे, संजीव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । 

सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा रहेका छन् । हाल यस बैंकको चुक्ता पुँजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार छ ।


कस्तो लाग्यो ?

यो पनि