बैशाख २८, २०८१, शुक्रबार
               

रसुवागढी हाइड्रोपावरको नाफा ६ लाख ६१ हजार

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षकोे दोस्रो त्रैमासम्म ६ लाख ६१ हजार रुपैयाँ नाफा  कमाएको छ । 

गत आवको यस अवधिमा कम्पनीको २ करोड १० लाख नोक्सानी भएको थियो । उक्त कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमताको निर्माणधीन रसुवागढी जलविद्युत् आयोजनाको करीब ८० प्रतिशत भौतिक प्रगति भएको कम्पनीले बताएको छ ।

५० प्रतिशत स्वपूँजी तथा ५० प्रतिशत ऋण रहने गरी वित्तीय ब्यवस्थापन गरिएकोमा स्वपूँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक शेयरधनी र ४९ प्रतिशत सर्वसाधारण शेयरधनीले हुने व्यवस्था गरिएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।  

हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब १५ करोड रहेको छ । कम्पनीको जगेडा कोष भने २० करोड ११ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ०.०२ र प्रतिशेयर नेटवर्थ ९६.७३ रहेको छ ।
 

यो पनि