बैशाख २८, २०८१, शुक्रबार
               

युनिलिभर नेपालको खुद नाफा ४५ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड १५ लाख खुद नाफा आर्जन गरेकाे छ । 

गत वर्षको यस अवधिमा २३ करोड ७५ लाख थियो । गत वर्षको तुलनमा खुद नाफा करिब ४५ प्रतिशत कम भएको हो । कम्पनीले यस वर्ष १ अर्ब १९ करोड ३५ लाख यो आम्दानी गरेको हो । गत वर्ष १ अर्ब ६० करोड ९६ लाख कुल आम्दानी गरेको थियो । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी २५.८५ प्रतिशत कम भएको हो । यस वर्ष कम्पनीले खर्च पनि घटाएको छ । गत वर्ष १ खर्ब ३२ करोड ३० हजार कुल खर्च गरेकोमा यस वर्ष १ अर्ब ६ करोड ४२ लाख यो खर्च गरेको हो । कम्पनीको कुल सम्पत्ति ३ अर्ब ८९ करोड ९२ लाख र कुल दायित्व १ अर्ब ७६ करोड ६६ लाख रहेको छ ।  

गत वर्षको भन्दा साढे १९ प्रतिशत कम खर्च यस वर्ष कम्पनीको भएको हो । नाफा घटेको कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमि आएको छ । गत वर्ष २५८ रहेको प्रतिशेयर आम्दानी यस वर्ष १४३ कायम भएको हो । हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा करीब २ प्रतिशत बढेर २ अर्ब ४ करोड २ लाख कायम भएको छ । 


कस्तो लाग्यो ?

यो पनि