बैशाख २८, २०८१, शुक्रबार
               

काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार लोडसेडिङ

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा अवरुद्ध (लोडसेडिङ)  हुने भएको छ । ती क्षेत्रमा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द हुनेगरी  प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ । 

जारी सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो । शनिबार बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ ।

शनिबार नै गोठाटार फिडरअन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ । कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि